Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविको मुद्दा फिर्ताबारे महान्यायाधिवक्ताप्रति ओलीको कटाक्ष - अब जनताको पैसा कसले तिर्छ ?

रविको मुद्दा फिर्ताबारे महान्यायाधिवक्ताप्रति ओलीको कटाक्ष - अब जनताको पैसा कसले तिर्छ ?

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् ।

सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयप्रति आपत्ति जनाउँदै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीले ठगहरूलाई संरक्षण र प्रोत्साहन गरेको आरोप लगाए। 'जसको लौरो, त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा स्थापित भएको छ,' उनले भने, 'महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मलाई कलंकित भएको छ।'

उनले अहिलेको शासन व्यवस्थामा कसैले जनताको सम्पत्ति हिनामिना गरे पनि मुद्दा नलाग्ने अवस्था सिर्जना भएको आरोप लगाए।

'अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति मजाले खान पाइन्छ,' ओलीले भने, 'हिजो मुद्दा लागेका अभियोग पनि माफी मिनाहा गरिन्छ र चुनावका बेला त्यस्ता व्यक्तिलाई हिरो बनाएर अगाडि सारिन्छ।'

ओलीले सरकारको निरन्तर विवादास्पद निर्णयका कारण आफू दिक्क लागेको पनि बताए। 'डिम्बका काण्ड बिर्सिऊँ कि भन्यो फेरि अर्को काण्ड आउँछ, अर्को काण्ड बिर्सिऊँ भन्यो फेरि अर्को काण्ड,' उनले भने, 'अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताका काण्ड चलिरहेका छन्।'

उनले प्रश्न गर्दै भने, 'दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्ने होला ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077