Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबीच छलफल

एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबीच छलफल

बिहिवार , माघ १, २०८२

झापा । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा माघ २४ गतेदेखि सञ्चालन हुने स्वर्गीय ‘विनोद बस्नेत स्मृति’ झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करणका सन्दर्भमा बिहीबार अध्यक्ष ओलीसँग छलफल गरिएको हो ।

भेटमा प्रतियोगिताको तयारी, व्यवस्थापन तथा सफल आयोजनाका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटघाटका क्रममा झापा गोल्डकपका अध्यक्ष गिरीसँगै पूर्वमन्त्री अग्नि खरेल, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरेलगायतको टोली सहभागी रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077