Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा–५ मा केपी र बालेनलाई पछार्नेछौँ, भ्रम टिक्नेवाला छैन : हर्क साम्पाङ

झापा–५ मा केपी र बालेनलाई पछार्नेछौँ, भ्रम टिक्नेवाला छैन : हर्क साम्पाङ

बिहिवार , माघ १, २०८२

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह दुवैलाई चुनावी प्रतिस्पर्धामा पछार्ने दाबी गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले झापा–५ मा ओली र बालेन दुवैलाई पराजित गर्ने उद्घोष गरेका हुन् । “हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ,” साम्पाङले लेखेका छन्।

उनले जति नै भ्रम फैलाउने प्रयास भए पनि आफू प्रत्यक्ष आएर बोलेपछि एक सेकेण्ड पनि भ्रम टिक्न नसक्ने दाबीसमेत गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। यही क्षेत्रबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077