Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

थापा निर्वाचन आयोग पुग्दा कानुन पल्टाउँदै देउवा

थापा निर्वाचन आयोग पुग्दा कानुन पल्टाउँदै देउवा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस विभाजन भएपछि झण्डा र चुनाव चिह्नसहित वैधानिकता खोज्न दौडधुपमा छन् ।

२७ पुसदेखि सुरु विशेष महाधिवेशनबाट गगनकुमार थापालाई सभापति चयन गरेपछि दुबै आफूलाई आधिकारिक दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह विशेष महाधिवेशनमा सहभागी भएनन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति निर्वाचन आयोगमा अध्यावधि गर्न थापा समूह पुगेपछि उता देउवा समूह कानूनी परामर्शमा जुटेको छ ।

आयोगलाई थापाले ‘पार्टी विधानको धारा ४६ बमोजिम गणपुरक संख्या पुगेको र यसरी आयोजना भएको विशेष महाधिवेशन कांग्रेसको विधानको धारा १५ को व्यवस्थाअनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय हुनेछ भन्ने व्यवस्थाअनुरुप कांग्रेसका जे–जति निर्णय छन्, तीभन्दामाथि पार्टी अधिवेशनको निर्णय हुने’ बताएका छन् । विशेष अधिवेशनले ती सम्पूर्ण अधिकार राख्ने पनि उनको दाबी छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077