Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : उपसभापति विश्वप्रकाश शर्मा

आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : उपसभापति विश्वप्रकाश शर्मा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

[insert page='387885' display='yopanipadhnuhos.php']

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शर्माले भने–‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं । निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077