Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विपक्षीलाई गाली होइन, एजेन्डामा चुनाव लडौं : विश्वप्रकाश शर्मा

विपक्षीलाई गाली होइन, एजेन्डामा चुनाव लडौं : विश्वप्रकाश शर्मा

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धालाई दुश्मनीमा रूपान्तरण नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विपक्षीलाई गाली गरेर होइन, कांग्रेसका एजेन्डाका आधारमा जनतामाझ जानुपर्ने बताएका छन् ।

बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै शर्माले कांग्रेसका नेता–कार्यकर्तालाई सभ्य, सकारात्मक र नीतिगत प्रचारमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

उनले प्रतिस्पर्धाका नाममा विपक्षीविरुद्ध कटाक्ष र आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिले राजनीति कमजोर बनाउने भन्दै कांग्रेसले सुशासन, विकास र जनताको भरोसालाई मूल मुद्दा बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

शर्माले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा आवश्यक कानुन निर्माण गर्ने जिम्मेवारी पूरा गर्न बदलिएर आएको कांग्रेसले अब देशको नेतृत्व लिनुपर्ने धारणा राखे ।

उनका अनुसार कांग्रेसलाई पहिलो दलको रूपमा स्थापित गर्न कार्यकर्ताले अनुशासित र एकताबद्ध भएर जनतामाझ पुग्नुपर्ने छ ।

'चुनाव जित्नका लागि कांग्रेसले यसअघि गरेका कामहरू नै पर्याप्त छन्,' शर्माले भने, 'हामीले गरेका उपलब्धि र आगामी योजना नै हाम्रो बलियो आधार हो।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077