Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाश शर्माको प्रस्ताव- सरकार पाँच वर्ष टिकाउन संवैधानिक व्यवस्था गरौं

विश्वप्रकाश शर्माको प्रस्ताव- सरकार पाँच वर्ष टिकाउन संवैधानिक व्यवस्था गरौं

बिहिवार , माघ २९, २०८२

भैरहवा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनपछि पाँच वर्ष सरकार टिकाउन संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेका हुन् ।

'दोस्रो र तेस्रोलगायतका दल सरकारमा नगएर पूरै पाँच वर्ष प्रतिपक्षी कित्तामा बस्ने यस्तै कुनै अवधारणामा चुनावपूर्व जरूरी राष्ट्रिय सहमति गरौं । सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गरौं,' शर्माले भने

प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने र बहुमत नपुगेमा ‘वनर्स टेक अल’ को नीतिबमोजिम अपुग संख्या सुनिस्चित गर्ने व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

साथै कांग्रेस चुनावमा गठबन्धन नगरेर बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077