रामेछाप। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।
बिहीबार रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीका थुप्रै उम्मेदवारहरु भएपनि काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे ।
उनले भने- 'प्रधानमन्त्रीका उम्मेदवारहरु थुप्रै हुनुहुन्छ । कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो । सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो । सद्भाव, सुशासन र समन्नुत । अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।'
उनले सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए ।