Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस विभाजनले निर्वाचनमा कुनै असर पर्दैन: संयोजक प्रचण्ड

कांग्रेस विभाजनले निर्वाचनमा कुनै असर पर्दैन: संयोजक प्रचण्ड

शुक्रवार , माघ २, २०८२

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस विभाजनका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा प्रचण्डले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।

निर्वाचनको मुखमा ठुलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ ।

उनले भने- 'ठूलो पार्टी विभाजन हुनु राम्रो होइन्। सुखद समाचार होइन्। तर यसले निर्वाचनमा कुनै असर पर्दैन।'

प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे ।

साथै निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए।

यस्तै भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए।

यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077