Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एनसेलको दबाबमा सञ्चारसचिव हटाउने चलखेल

एनसेलको दबाबमा सञ्चारसचिव हटाउने चलखेल

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपालमा करसम्बन्धि अनेक विवादमा मुछिँदै आएको एनसेल आजीयाटा लिमिटेड जेनजी सरकारलाई पनि प्रभावमा पार्ने प्रयास गरिरहेको छ।

आफ्नो स्वार्थअनुसार काम नगरेपछि एनसेलले सञ्चारसचिव राधिका अर्याललाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको छ ।

एनसेलको एकातर्फ कर छली र ग्राहक ठगीको विषय छ भने अर्कोतर्फ बोनस विदेश लैजान अनुमतिसम्बन्धि विवाद कायमै छ। त्यसमा सचिव अर्यालले नियमअनुसार मात्र काम गर्दै आएकी छिन् ।

जसकारण रिसाएको एनसेलले एक बिचौलिया समूह प्रयोग गरी उनलाई सरुवा गराउन खोजेको छ । शुक्रबारकै मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको भनेर समेत हल्ला फिजाइएको छ। स्रोतका अनुसार निर्णय भइसकेको छैन ।

‘उहाँको सरुवाका लागि तिव्र विवाद छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारी भन्छन्,‘तर, मुख्यसचिबज्यूले अहिलेसम्म रोक्नुभएको छ।’

सञ्चार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका बिचौलियाको दबदबा चल्दै आएको छ। सूचना प्रविधिका ठेक्का, इन्टरनेट कम्पनीहरुको कर लगायत विषयमा उनीहरुको चासो हुने गरेको छ।

सचिव अर्यालले यसमा कडाई गरेकी थिइन्। तर, बिचौलिया समूहले पूर्वप्रधानन्यायाधीश नेतृत्वको स्वतन्त्र सरकारलाई पनि प्रभावमा पार्ने प्रयास गरेपछि मन्त्रालयका कर्मचारीहरु आश्चर्यमा परेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077