दैलेख । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरण अनुसार जिल्लामा आत्महत्याका घटनाले चिन्ताजनक अवस्था देखिएको छ भने घरेलु तथा सामाजिक हिंसासम्बन्धी उजुरी उल्लेख्य संख्यामा दर्ता भएका छन् ।
दैलेख प्रहरीले शुक्रबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार पुस महिनामा ३ वटा आत्महत्या भएका भएका हुन् । आत्महत्या गर्नेमा २ जना पुरुष र १ जना महिला रहेका छन् ।
प्रगति विवरणअनुसार पुसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १० वटा उजुरी दर्ता भएका छन् । तीमध्ये घरेलु हिंसासम्बन्धी उजुरी – ६ वटा, सामाजिक हिंसासम्बन्धी उजुरी – ४ वटा रहेका छन्।
घरेलु हिंसाका उजुरीमध्ये ४ वटा मिलापत्रमार्फत समाधान गरिएको छ भने १ वटा कानुनी प्रक्रियामा गएको र १ वटा मिलापत्र हुन बाँकी रहेको दैलेख प्रहरीले जनाएको छ ।
स्थानीय तहका आधारमा गरिएको विश्लेषण अनुसार जिल्लाका विभिन्न पालिकाबाट उजुरी दर्ता भएका छन् । जिल्लाभरि कुल १० वटा उजुरी दर्ता भएको तथ्यांकमा उल्लेख छ।
यस्तै प्रहरीले चालु मुद्दामा ५ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ । लागुऔषध कारोबार तथा ओसारपसारसम्बन्धी कुनै पनि मुद्दा दर्ता नभएको प्रहरीको भनाइ छ ।


