Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

झापा-५ बाट ओलीले पनि गराए उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

झापा क्षेत्र नं ५ स्थित निर्वाचन कार्यालयमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् ।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

जेनजी आन्दोलनपछि ओलीसँग कटाक्ष गरिरहेका बालेनले आगामी निर्वाचन उनकै क्षेत्रमा लड्ने घोषणा गरेका थिए । सोही अनुसार बालेन सोमबार मात्रै झापा पुगेका थिए । ओली पनि निर्वाचनको उम्मेदवारी मनोनयनका लागि सोमबार नै झापा पुगेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077