Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालीगण्डकी करिडोरमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ घाइते

कालीगण्डकी करिडोरमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ घाइते

बुधवार , माघ ७, २०८२

नवलपरासी । बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

झापाको बिर्तामोडस्थित निदि आदर्श कलेजका विद्यार्थी सवार ग १ ख ९५४६ नम्बरको बस आज दिउँसो दुर्घटनामा परेको हो।

कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी लिएर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर सडक छेउको भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

भरतपुर रिफर गरिएका घाइतेमा झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय गगन नेचा रहेका छन्।

स्थानीय अस्पतालमा उपचाररत घाइतेहरूमा १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङ रहेका छन्।

दुर्घटनापछि बस र बस चालकलाई इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077