Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अराजकताको आयु लामो हुँदैन, आगजनी गर्नेहरू कानुनी दायरामा आउँछन् : केपी ओली

अराजकताको आयु लामो हुँदैन, आगजनी गर्नेहरू कानुनी दायरामा आउँछन् : केपी ओली

बिहिवार , माघ ८, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्नहरू कुनै पनि हालतमा कानुनी दायराबाट उम्किन नसक्ने स्पष्ट पारेका छन् ।

बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट पार्टी (एकीकृत नेपाल कम्युनिस्ट पार्टी–माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनको नाममा गरिएको आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाउँदै उनले भने,‘सधैं अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि । बरु उजुरी–निवेदनलगायतको प्रक्रिया अघि बढाउनु होला।’

पीडित नेता पुरीले आफूले घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077