काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत सहित सात जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरीरगराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
जसमान तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गा।वि।स।का तत्कालीन सचिव मानबहादुर बोगटी, नायब सुब्बा कर्णबहादुर पुन, लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मी रहेका छन् ।
साविक बेतहनी गाविस ४ मा रहेको स्वर्गीय सुरता कुर्मीको नामको जग्गा हकवाला कोही नभएकाले ९अपुताली० प्रचलित कानूनअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने मा आपसी मिलेमतोमा उक्त जग्गा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीको नाममा नामसारी गरी हानीनोक्सानी पुर्याएको अख्तियारले जनाएको छ ।
जिल्ला उच्च हुँदै सर्वोच्च अदालतले समेत उक्त जग्गामा दाबी गर्नेहरूको हक नपुग्ने र त्यो अपुताली जग्गा भएको अन्तिम फैसला गरिसकेको थियो । अदालतको सो फैसलालाई समेत बेवास्ता गर्दै झूटो फिल्ड मुचुल्का र गाविसको सिफारिस बनाइ निजी बनाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले मुख्य अभियुक्तका केसीसँग २२ लाख ४२ हजार ७२० रूपैयाँ, मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ बिगो दाबी गरेको छ।