Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्याग्दीमा कुलमानको पार्टीले गर्‍यो महावीर पुनलाई समर्थन

म्याग्दीमा कुलमानको पार्टीले गर्‍यो महावीर पुनलाई समर्थन

बिहिवार , माघ ८, २०८२

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले औपचारिक रूपमा समर्थन गर्ने भएको छ ।

उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरीले पार्टीको केन्द्रीय निर्णयअनुसार पुनलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

म्याग्दीमा उज्यालो नेपालले आफ्ना तर्फबाट कुनै पनि उम्मेदवार नउठाएको उल्लेख गर्दै उनले त्यस क्षेत्रबाट उम्मेदवारी फिर्ता गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।

चौधरीले उज्यालो नेपालप्रति आस्था राख्ने तथा पार्टीमा आबद्ध रहेका नेता–कार्यकर्तालाई स्वतन्त्र उम्मेदवार पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई आगामी शुक्रबार चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
उज्यालो नेपालको समर्थनपछि म्याग्दीमा महावीर पुनको चुनावी अभियानले थप बल पाउने विश्वास गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077