Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अहिले देश बनाउने र जलाउनेबीच लडाइँ चलिरहेको छ: ओली

अहिले देश बनाउने र जलाउनेबीच लडाइँ चलिरहेको छ: ओली

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश बनाउने र जलाउनेबिचको लडाइँ चलिरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्दै निर्माणको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

ओलीले भने- 'अहिले देश जलाउने र देश बनाउनेकाबीचको लडाइँ छ । हामी सबै देश बनाउने काममा जुट्नुपर्छ ।'

उनले राजनीतिक अस्थिरता, अराजकता र नकारात्मक गतिविधिले मुलुकको विकासमा बाधा पुर्‍याइरहेको दाबी गर्दै पार्टी पंक्ति एकताबद्ध भएर राष्ट्रिय हितको पक्षमा उभिनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै ओलीले एमाले नै देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्तिको रूपमा रहेको दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077