Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन र गगनसँग ‘लाइभ डिबेट’ गर्न ओली तयार

बालेन र गगनसँग ‘लाइभ डिबेट’ गर्न ओली तयार

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रधानमन्त्रीका दावेदारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरूबीच खुला र प्रत्यक्ष बहस आवश्यक रहेको बताएका हुन्।

सञ्चारकर्मीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँग सार्वजनिक संवादका लागि तयार हो ? भन्ने प्रश्नमा ओलीले सकारात्मक जवाफ दिए।

उनले भने, 'वास्तवमा प्रधानमन्त्रीको क्यान्डिडेट हुँ भन्नेहरूका बीचमा संवाद कार्यक्रम राख्नु र एउटा पब्लिक डिबेट, ओपन र लाइभ गर्नु आवश्यक छ।'

उनले थपे, 'किन प्रधानमन्त्री हुनुपर्ने ? के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने ? यस्ता विषयमा गम्भीर छलफल हुनुपर्छ।'

डिबेटका लागि तयार हो ? भन्ने पूरक प्रश्नमा ओलीले आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

नेकपा एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने नेपाली कांग्रेसले गगन थापालाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077