Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम ओर्लिए बालेन, नेपालगञ्जमा भब्य स्वागत

सुदूरपश्चिम ओर्लिए बालेन, नेपालगञ्जमा भब्य स्वागत

सोमवार , माघ १२, २०८२

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बर्दिया पुगेका छन् ।

झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि बालेन सुदूरपश्चिम ओर्लिएका हुन् ।

सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्नेछन् । बालेन नेपालगञ्ज पुग्दा ठूलो भीड देखिएको छ । बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले नेपालगञ्जमा भव्य स्वागत गरेका हुन् ।

बालेन शाह बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जनाइएको छ ।

माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077