Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यस्तो बन्यो प्रधानमन्त्री बालेनको सचिवालय टिम, कसलाई कुन जिम्मेवारी ?

यस्तो बन्यो प्रधानमन्त्री बालेनको सचिवालय टिम, कसलाई कुन जिम्मेवारी ?

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यालयलाई चुस्त, छरितो र प्रभावकारी बनाउने लक्ष्यसहित सचिवालय गठन गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् भने राजनीतिक सल्लाहकारको जिम्मेवारी असिम शाहलाई दिइएको छ ।

यस्तै, मुख्य स्वकीय सचिवको रूपमा सुवास शर्मा वा सन्तोष गिरी मध्ये एक जनालाई दिइने बताइएको छ ।

यसैगरी प्रशासन प्रमुखमा सुदिप ढकाल नियुक्त भएका छन् भने सूचना, सञ्चार तथा प्रविधि संयोजकको जिम्मेवारी विवेक मिश्रले पाएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ। प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन बाँकी अन्य पदहरूमा समेत चाँडै नियुक्ति गरिने जनाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077