Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने भेट्न घरमै पुगेका थिए बालेन, के भयो कुराकानी ?

रवि लामिछाने भेट्न घरमै पुगेका थिए बालेन, के भयो कुराकानी ?

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ बनेपछि उनलाई भेट्न वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लामिछाने निवास पुगेका छन् । 

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर, ज्वरो भने नरोकिएको प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन् ।

चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाव दिएकालले उनी घरमै बसेर आराम गरिरहेका छन् । 

भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका वरिष्ठ नेता शाह हिजो नै  लामिछानेलाई भेट्न उनको निवासमै पुगेका हुन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो । 

नेताद्वय रवि र बालेनबीच वान टु वान कुराकानी भएको थियो ।

समानुपातिकमा पठाउने उम्मेदवार तथा बालेन नेतृत्वको मन्त्रीपरिषदको विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077