Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङविरुद्ध उजुरी दर्ता, चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप

हर्क साम्पाङविरुद्ध उजुरी दर्ता, चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप

सोमवार , माघ १२, २०८२

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध उजुरी दर्ता भएको छ ।

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको हो ।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि गरिएको चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रत्यक्ष प्रयोग गरिएको आरोप लगाइएको छ ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ ।

नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले कारबाही प्रक्रिया अगाडि बढाइने र प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उमेदवारी दर्ता समेत खारेज हुनसक्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077