Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की: धाार्मिक र सांस्कृतिक सम्पदालाई असर नपार्न निर्देशन

दूतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की: धाार्मिक र सांस्कृतिक सम्पदालाई असर नपार्न निर्देशन

मंगलवार , माघ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको क्रममा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पुर्‍याउन नहुने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज ललितपुरको खोकनामा आयोजना गरिएको सडक निरीक्षण कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले भनिन्- 'स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेमा रेखाङ्कन र जिरो विन्दु परिवर्तन गर्न समेत तयार हुनुपर्छ । प्राकृतिक विपद्को बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहोरदोहोर, मेला, पर्व र भेला लागि पनि खुला ठाउँ चाहिन्छ । योजना बनाउँदा नै पर्याप्त खुला ठाउँ छाडेर संरचना निर्माण गर्नुपर्छ ।'

प्रधानमन्त्रीलाई आयोजनाको हालसम्मको प्रगति, चुनौती र अन्य विवरण प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मचन्द्र झाले जानकारी गराएका थिए। निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी थिए ।

कुल ७०.९७ किमी लम्बाइको यस द्रुतमार्ग आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत छ । मार्ग अन्तर्गत ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्ने छ, जसमा केही ८२ मिटरसम्म अग्ला विशिष्ट पुल छन् । मार्गमा सात वटा सुरुङ पनि निर्माणाधीन अवस्थामा छन् । आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त भित्र र अनुमानित लागत दुई खर्ब १३ अर्बभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

दूतमार्ग निर्माणपछि तराईबाट काठमाडौं ल्याइने सामान ढुवानीमा समय र लागत घटाउने तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077