Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ यात्रु घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना, ३८ यात्रु घाइते

शुक्रवार , माघ १६, २०८२

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा चितवनको भरतपुर महानगरपालिका अन्तर्गत ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो ।

दुर्घटनापछि प्रहरी टोलीले तत्काल उद्धार कार्य गरी घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको थियो । प्रहरीका अनुसार हाल घाइतेहरूको उपचार भरतपुर र मुग्लिनका चार अस्पतालमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घाइतेमध्ये १० जनाको अवस्था मध्यम रहेको छ भने २८ जनाको अवस्था सामान्य छ ।

मौलाकालिका अस्पताल, भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज, भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेजका ४ जना र जनता केयर अस्पताल, मुग्लिनमा ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत चार जनामध्ये तीन यात्रु र एक जना सहचालक रहेका छन्, जसको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

पुरानो मेडिकल कलेज, मौलाकालिका अस्पताल र जनता केयर अस्पतालमा उपचाररत अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम छ।

दुर्घटनामा बसका चालक र सहचालकसमेत घाइते भएका छन्। सबै घाइतेको अवस्था हाल स्थिर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077