काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी वैशाखमा आईसीसीको एसिया क्षेत्रीय सम्मलन आयोजना गर्न लागेको हो ।
क्षेत्रीय सम्मेलन आगामी वैशाख ३ र ४ (अप्रिल १६ र १७) मा काठमाडौंमा हुने उनले लामाले जनाएका छन् ।
सम्मेलनमा आईसीसीका एसियाका सदस्य देशका प्रमुख सरोकारवाला, प्रशासक र प्रतिनिधि सहभागी हुनेछन् ।