काठमाडौं । पाकिस्तानले आफ्नो क्रिकेट टोलीले टी–२० विश्वकपमा फेब्रुअरी १५ मा भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ ।
सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो ।
त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।
इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा भाग लिन अनुमोदन गरेको छ । तर भारतविरुद्ध खेल्ने छैन ।