Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनलाई लक्षित गर्दै हर्कले भने- घन्टीमा भोट दिनु भनेको आफ्नै घरबाट खेदाइमाग्नु हो

बालेनलाई लक्षित गर्दै हर्कले भने- घन्टीमा भोट दिनु भनेको आफ्नै घरबाट खेदाइमाग्नु हो

सोमवार , माघ १९, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र बालेनको टकराबले रास्वपालाई भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्।

साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको भन्दै टिप्पणी गरेका हुन् । 

उनले रास्वपाबाट भावी प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह बालेनलाई लक्षित गर्दै लेखेका छन्-  'सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो ! खेदाइमाग्नु हो ! त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले के गर्‍यो काठमाडौंमा देख्या होला नि !'

अन्तरिम सरकारमा प्रधानमन्त्री पद नपाएपछि शृङ्खलाबद्ध रूपमा आक्रोशपूर्ण स्ट्याटस लेखिरहेका उनले बालेन शाहलाई लक्षित गर्दै फेसबुकमा बारम्बार वाक्युद्ध गरिरहन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077