Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीयताको विरोध गर्दै आएका बालेन कसरी भए एकाएक ‘यूटर्न’ ?

संघीयताको विरोध गर्दै आएका बालेन कसरी भए एकाएक ‘यूटर्न’ ?

मंगलवार , माघ २०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर भएको बेला प्रदेश संरचना (संघीयता) नै खारेज हुनुपर्ने भन्दै विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र साह ‘बालेन’ एकाएक युटर्न भएका छन् । 

उनले आज प्रदेश संरचनामा न्यून खर्च रहेको बताउँदै मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको दावी गरे । 

झापा–५ स्थित कमल गाउँपालकाका स्थानीयहरूसँगको छलफलका क्रममा उनले भने–‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो । मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

स्मरण रहोस्, बालेनले २०७९ मा भएको स्थानिय र प्रतिनिधिसभा निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवारलाई मत हालेनन् भने प्रदेश सभाको समानुपातिकमा पनि मत हालेका थिएनन् । 

त्यतिबेला उनले  प्रदेश सभा सदस्यका उम्मेदवारलाई मतदान नगरेर आफू संघीयता विरोधी भएको सङ्केत दिएको विश्लेषकहरूले बताएका थिए । उनले मत नहालेको विषयमा जनता त्यतिबेलै दुई धारमा बाँडिएका थिए ।

प्रदेश सभामा मतदान नगर्ने बालेनको निर्णयलाई कतिपयले मत हाल्ने र नहाल्ने स्वनिर्णयको अधिकार भनेका थिए भने कतिले सरकारमा भएका व्यक्तिले मत नहालेर संघीयताको साङ्केतिक विरोध गर्न नपाउने टिप्पणी गरेका थिए । 

त्यसो त,२०७९ को चुनावमा बालेनकै पार्टीका सभापति रवि लामिछानेले पनि प्रदेश सभा सदस्यका उम्मेदवारलाई मतदान गरेका थिएनन्। लामिछानेले संघीय संरचना ठीक नरहेको बताउँदै आएका छन्। 

स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा उठाउँदा त्यसको जबाफमा बालेनले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077