Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको खबरले आफू मर्माहत भएको बताएका हुन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- 'बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको छु। बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किंदै गर्दा भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। दुर्घटनामा घाइते भएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'

साथै, अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बिहीबार बैतडीको पुर्चौडीमा उक्त बस दुर्घटना हुदा १३ जनाको ज्यान गएको थियो भने ३८ जना  घाइते भएका थिए ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077