Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकपमा वेस्ट इन्डिजसँग स्कटल्यान्ड पराजित

टी-२० विश्वकपमा वेस्ट इन्डिजसँग स्कटल्यान्ड पराजित

शनिवार , माघ २४, २०८२

काठमाडौं । वेस्ट इन्डिजले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । शनिबार कोलकत्ताको इडेन गार्डेनमा भएको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १८३ रनको बलियो लक्ष्य पछ्याएको स्कटल्यान्ड १८।५ ओभरमा १४७ रनमै अलआउट भयो ।

स्कटल्यान्डको इनिङ्स ध्वस्त पार्न वेस्ट इन्डिजका मिडियम पेसर रोमारियो सेफर्डले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा २० रन मात्र खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए। यस्तै जेसन होल्डरले ३.५ ओभरमा ३० रन खर्चेर ३ विकेट हात पारे।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन र टम ब्रुसले २८ बलमा ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। जर्ज मुन्सेले १९ र मार्क वाटले १५ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि शिम्रोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै ३६ बलमा ६ छक्का र २ चौकासहित ६४ रनको अर्धशतकीय इनिङ्स खेले।

ओपनर ब्रेन्डन किंगले ३५ रन, शेरफेन रदरफोर्डले २६ रन र रोभम्यान पावेलले २४ रनको योगदान दिएका थिए। स्कटल्यान्डका बलर ब्राड करीले २ विकेट लिएका थिए। प्रतियोगितामा वेस्ट इन्डिज र स्कटल्यान्ड समूह ‘सी’मा छन् । यो समूहमा यी दुईसँगै नेपाल, इटाली र इंग्ल्यान्ड छन् । 

शनिबारैदेखि भारत र श्रीलंकाको संयुक्त आयोजनमा सुरु यो प्रतियोगितामा २० राष्ट्रको सहभागिता छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077