Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकपको उपाधि जित्न भारतले न्यूजिल्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

विश्वकपको उपाधि जित्न भारतले न्यूजिल्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य दिएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५५ रन बनायो ।


भारतका लागि आजको खेलमा तीन जना खेलाडीले अर्धशतक बनाए । ओपनर सञ्जु सैमसनले मात्रै ४६ बलमा ८९ रनको शानदार पारी खेले । उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै अविशेष शर्माले २१ बलमा ५२ रन बनाउँदा इशान किसनले २५ बलमा ५४ रन बनाए । शिवम दुबेले १८ र हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान सूर्य कुमार यादव शुन्य रनमा आउट भए ।

न्यूजिल्याण्डका लागि जेम्स निशम निशमले तीन विकेट लिए । म्याट हेनरी र रचिन रविन्द्रको नाममा एक एक विकेट रह्यो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077