Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, कुलश र आदिल बाहिर

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा, कुलश र आदिल बाहिर

मंगलवार , पौष २२, २०८२

काठमाडौँ । भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको टोलीमा कुलश मल्ल र आदिल आलम अटाउन सकेनन् भने नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा प्रभावशाली प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलित संयोजन देखिएको छ । टोलीमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन् ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुने विश्वकपमा नेपालले बेलायत, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका सबै खेल भारतको मुम्बइस्थित प्रतिष्ठित वानखेडे रंगशालामा हुने तय भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077