Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बिहिवार , माघ २९, २०८२

काठमाडौं । मुम्बईमा जारी आईसीसी  टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंशगाला बाहिर पुगिसकेका छन् ।

इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077