Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इस्लामाबाद बम विस्फोटका 'मास्टरमाइन्ड'लाई पक्राउ गरेको पाकिस्तानको दाबी

इस्लामाबाद बम विस्फोटका 'मास्टरमाइन्ड'लाई पक्राउ गरेको पाकिस्तानको दाबी

आइतवार , माघ २५, २०८२

एजेन्सी । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबादस्थित इमामबाडामा भएको आत्मघाती बम विस्फोटका मास्टरमाइन्डलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमामबाडामा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री नकवीले उक्त आक्रमणको मुख्य योजनाकार इस्लामिक स्टेट (आईएसआईएस) सँग सम्बन्धित एक अफगानी नागरिक रहेको बताएका हुन् ।

उनले सिया मस्जिदमा भएको विस्फोटमा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जानकारी पनि दिए।

उनले भने, ‘तीमध्ये आक्रमणका मास्टरमाइन्ड पनि एक छन् ।’ यसअघि आईएसआईएसले उक्त हमलाको जिम्मेवारी लिइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077