Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

शनिवार , कार्तिक १, २०८२

एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो ।

उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो ।

आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिएका स्रोतहरूले बताएका छन् ।

हाल टीटीपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानहरूमा आक्रमण जारी राखेको जनाइएको छ । शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए ।

सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतङ्ककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए ।

पाकिस्तानी सुरक्षाबलले आतङ्ककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077