Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खेलाडीलाई शुभकामना दिँदै केपी ओलीले भने - विश्वले नेपाली क्रिकेटको ‘राइजिङ पावर’ देख्नेछ

खेलाडीलाई शुभकामना दिँदै केपी ओलीले भने - विश्वले नेपाली क्रिकेटको ‘राइजिङ पावर’ देख्नेछ

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ बनेको दाबी गरेका छन् ।

आईसीसी टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै ओलीले नेपाली टोलीले विश्व क्रिकेटमा नेपाललाई उदयमान नक्षत्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका हुन् ।

ओलीले कप्तान रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्ने उल्लेख गर्दै क्रिकेट नेपालका लागि खेल मात्र नभई प्रगतिको पहिचान र स्वाभिमान भएको बताएका छन्।

उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी–२० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु। हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो।’

ओलीले खेलाडीहरूको मेहनत र पसिनाको सम्मान गर्न सरकार तथा सम्बन्धित निकायले रंगशालाजस्ता पूर्वाधार निर्माण गरेर सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले मेचीदेखि महाकालीसम्मका नेपाली र प्रवासमा रहेका नेपालीहरूको समेत टोलीलाई साथ रहेको बताउँदै खेलाडीहरूलाई आत्मविश्वास कायम राख्न आग्रह गरे। उनले भने, ‘विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन। आफूमा कुनै प्रकारको हीनताबोध पलाउन दिने होइन।’

अध्यक्ष ओलीले यसपटक नेपाली टोलीले नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गर्दै भने, ‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ।’

हार–जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077