Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य

टी–२० विश्वकप: अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य

आइतवार , माघ २५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा अफगानिस्तानले  न्युजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ । 

आज भारतको चेन्नाईस्थित एमए चिदरमबरम क्रिकेट रंगशालामा टर जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर न्युजिल्यान्डलाई १८२ रनको लक्ष्य दिएको हो।

अफगानिस्तानका निम्ति अलराउन्डर गुल्बदिन नैवले सर्वाधिक ६३ रन बनाए । नैवले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

सेदाकुल्लाह अतलले २९ रन बनाए । ओपनर रहमुनल्लाह गुरबाजले २७ रन जोडे । अजमतुल्लाह ओमार्जीले १४ रन जोड्दा अर्का ओपनर इब्राहिम जदरानले १२ रन जोडे । न्युजिल्यान्डका लाकी फोर्गुयसनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए । म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रले समान एक विकेट लिए ।

दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । 

यस संस्करण अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘डी’ छन् । समूहमा उनीहरुसँगै क्यानडा, दक्षिण अफ्रिका र युनाईटेड अरब इमिरेट्स (यूएई) छन् ।

आजै आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

यस्तै आजै बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् ।

हिजो भएका खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी शुरुआत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077