Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप:  सिफर्टको अर्धशतकमा न्युजिल्यान्डले अफगानिस्तानलाई पाँच विकेट हरायो

टी–२० विश्वकप:  सिफर्टको अर्धशतकमा न्युजिल्यान्डले अफगानिस्तानलाई पाँच विकेट हरायो

आइतवार , माघ २५, २०८२

काठमाडौं । टिमोथी सिफर्टको अर्धशतकमा न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप २०२६ मा अफगानिस्तालाई पाँच विकेटले पराजित गरेको छ । 

आज भारतको चेन्नाईस्थित एमए चिदरमबरम क्रिकेट रंगशालामा टर जितेर ब्याटिङमा आएको अफगानिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो  ।

टिम शेफर्टले विष्फोटक इनिङ खेले । ४२ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्धतमा ६५ रन जोडे । यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाउँदा डेरिल मिचेल २५ तथा मिचेल सान्टनर १४ रनमा नटआउट रहे ।

बलिङतर्फ अफगानिस्तानका मुजीब रहमानले दुई तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईको एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो ।

उसका लागि गुलबदिन नइबले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्धतले ६३ रनको योगदान दिए । यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन बनाए ।

बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई तथा म्याट हेनरी, रचिन रविन्द्र, जेकोब डुफीले एक–एक विकेट लिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077