टस हारेर बलिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो ।
नेपाली क्रिकेटलाई माया गर्दै आएकी गायिका रचना रिमाल नेपाल र इङ्ल्यान्डबीच आज हुने खेलमा नेपाललाई समर्थन गर्न भारत पुगेकी छन् । रिमाल नेपालमा हुने क्रिकेट खेल प्रायः नछुटाउने गायिका हुन् ।
आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा टस हारेर बलिङको निम्तो पाएको छ।