Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: इंग्ल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङ गर्दै

टी–२० विश्वकप: इंग्ल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङ गर्दै

आइतवार , माघ २५, २०८२

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६ मा नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा सुरु भएको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका छन् । 

तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपाल र दुई पटकको च्याम्पियन इंग्ल्यान्ड दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । 

आज भारतको चेन्नाईस्थित एमए चिदरमबरम क्रिकेट रंगशालामा भएको पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तालाई पाँच विकेटले पराजित गरेको छ । 

आजै अर्को खेल बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् ।

हिजो भएका खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी शुरुआत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077