Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वमेयर बालेन साहको घरमा चोरी गर्ने तीन जना पक्राउ, नख्खु कारागारबाट फरार कैदी मुख्य चोर

पूर्वमेयर बालेन साहको घरमा चोरी गर्ने तीन जना पक्राउ, नख्खु कारागारबाट फरार कैदी मुख्य चोर

आइतवार , माघ २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी गराएका हुन् । 

झापा-५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेन चुनावी प्रचारका लागि कर्णाली उनकी पत्नी सविना काफ्ले झापा गएको मौका पारेर माघ १७ गते राजधानीको मण्डिखाटारमा रहेको घरमा अज्ञात समूहले गेटको ग्रिल फुटाएर चोरी गरेको थियो।

साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र प्रहरी परिसरको टोली अनुसन्धानका लागि खटिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट ल्यापटप, सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर मेसिन बरामद भएको छ ।

चोरीमा संलग्न मुख्य व्यक्ति जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार काठमाडौं–१६ बालाजु स्थायी घर भएका ४२ वर्षीय मनिष राजवाहक पेसेवर चोर भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नकबजनी चोरी मुद्दामा साढे ३ वर्ष कैद सजाय काटिरहेका उनी २०८२ साल भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। जेलबाट भागेपछि उनले बालेनको डेरासहित ५ ठाउँमा चोरी गरेको स्वीकार गरेका छन्। प्रहरीले उनलाई माघ २३ गते बाँसबारीस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो।

dfjbdh.jpg

मनिषले चोरेर ल्याएको सामान व्यवस्थापन गर्ने र लुकाउन सहयोग गर्ने थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर भई धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।

 तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077