Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावी प्रचारका क्रममा बालेनले एमाले पार्टी कार्यालय पुगेर भोट मागेपछि ....

चुनावी प्रचारका क्रममा बालेनले एमाले पार्टी कार्यालय पुगेर भोट मागेपछि ....

आइतवार , माघ २५, २०८२

झापा। राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) एमाले पार्टी कार्यालय पुगेका छन् । 

चुनावी अभियानका क्रममा आइतबार बालेन झापाको दमक ३ स्थित रहेको एमाले पार्टी कार्यालय पुगेका हुन् ।

चुनावी प्रचार लागि घरदैलो कार्यक्रममा त्यहाँ पुगेका बालेन एमालेका नेता कार्यकर्तासँग हात मिलाउँदै भोट मागेर फर्किएका थिए।

सो क्रममा बालेनका समर्थकहरुको बाक्लो उपस्थिति थियो । 

बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न स्थानका टोल-टोलमा छलफल गरिरहेका छन् ।

जसअनुसार पशुहाट, सिर्पाली चोक  आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती ,बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यामिक विद्यालय अगाडी , शिवालय मन्दिर दर्शन र डिपु चोकमा भेटघाटका कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ ।

यसपटक झापा–५ मा युवामाझ लोकप्रियता कमाएका बालेन र केपी शर्मा ओलीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

ओली आठौँपटक सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिँदा बालेन पहिलोपटक संघीय निर्वाचनमा होमिएका छन् । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेको थियो । 

०४८ सालदेखि झापा–५ बाटै चुनाव लड्दै आएका ओली चारपटक प्रधानमन्त्रीसमेत बनिसकेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उमेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका ओलीले अन्य चुनावमा हार व्यहोर्नुपरेको छैन । 

निर्वाचनपछि एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका छन् । यसपटक ओलीलाई रोक्ने दाउ बालेनको छ । त्यसकारण दुवै नेताले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077