काठमाडौं । श्रम संस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित कटाक्ष गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत ‘घण्टी बजाउँदै’ आउने राजनीतिक टोलीलाई सिंहदरबार कसले जलायो भनेर प्रश्न सोध्न उनले आग्रह गरेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जनताले ती टोलीसँग जेनजीको हत्या कसले गर्यो ?, एमसीसी बारे धारणा के छ ?, सिंहदरबार कसले जलायो ?, तथा सहकारी पीडितको विषयमा के योजना छ ? भन्ने प्रश्न सोध्नु उनले आग्रह गरे ।
उनले राजनीतिक प्रचारप्रसारमा आउनेहरूलाई केवल भाषण र नारामा सीमित नभई राष्ट्रिय मुद्दामा स्पष्ट धारणा र समाधान दिनुपर्ने दबाब दिनुपर्ने उल्लेख गरे।