Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपन्देहीबाट रवि लामिछानेले भने– जनतालाई नजरअन्दाज गर्नेहरूलाई अब जनताले पत्याउने छैनन्

रुपन्देहीबाट रवि लामिछानेले भने– जनतालाई नजरअन्दाज गर्नेहरूलाई अब जनताले पत्याउने छैनन्

सोमवार , माघ २६, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र राजनीतिक शक्तिमा केन्द्रितमा केन्द्रित भएको आरोप लगाएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं-१ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले  यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, र हुनेछन् अब जनताले उनीहरूलाई पत्याउने छैनन् ।’

उनले आफ्नो भाषणमा जनताको आवाजलाई राजनीतिक निर्णयको केन्द्रबिन्दु बनाउनु पर्नेमा जोड दिए । 

आइतबार साँझ रुपन्देही पुगेका लामिछाने आज रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077