Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन लक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन्

बालेन लक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन्

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै योगदान नगरेकाहरू लोकप्रियतावादमार्फत राजनीति गर्न खोजिरहेको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने  स्पष्ट पारेका हुन् ।प्रचण्डले भने(अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । 

उनले भने- 'कुनै योजना, एजेन्डा छैन, सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन् । विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।'

प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीसँग नै नयाँ विचार र एजेन्डा रहेको बताए।

उनले थप भने- 'प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो। र यो देशकै ठूलो पार्टी बन्छ ।'

उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077