Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मतदाता शिक्षा सम्बन्धि उत्कृष्ट टिकटक भिडिओ निर्माण गर्नेलाई ५० हजार पुरस्कार

मतदाता शिक्षा सम्बन्धि उत्कृष्ट टिकटक भिडिओ निर्माण गर्नेलाई ५० हजार पुरस्कार

मंगलवार , माघ २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले टिकटकमार्फत निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षासम्बन्धी उत्कृष्ट भिडिओ बनाउने ‘कन्टेन्ट क्रियटर’लाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

आयोगले उत्कृष्ट टिकटक भिडिओ निर्माण गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने जनाएको छ।

आयोगले आज सार्वजनिक गरेको सूचनाअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी सामग्री समेटिएको भिडिओ निर्माण गर्नुपर्नेछ।

आयोगका अनुसार तयार पारिने भिडिओ एक मिनेटसम्मको हुनुपर्नेछ। त्यसरी तयार पारिएका टिकटक भिडिओ आफ्नो टिकटकसँगै फेसबुक तथा युट्युब एकाउन्टमा पनि पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले सूचनामा उल्लेख गरेअनुसार २०८२ फागुन ३ गतेदेखि १७ गतेसम्म उक्त भिडिओ आयोगको तोकिएको इमेल ठेगानामा पठाउनुपर्नेछ।

आयोगमा प्राप्त भएका भिडिओहरूमध्ये सबैभन्दा बढी भ्यूअर्स प्राप्त गर्ने उत्कृष्ट तीनवटा भिडिओलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

यद्यपि, भिडिओ निर्माण गर्ने क्रियटरले आयोगले तोकेका सातवटा शर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077