Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाको चेतावनी-  फेरि पनि गलत नेतृत्व चुनिए पछुताउनुपर्छ

रवि लामिछाको चेतावनी-  फेरि पनि गलत नेतृत्व चुनिए पछुताउनुपर्छ

शुक्रवार , फाल्गुण १, २०८२

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब राम्रो नेतृत्व नछानिए देशले फेरि दुःख पाउने चेतावनी दिएएका छन् । 

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको बताएका हुन् ।

विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्न सबै मतदाताले गम्भीर बन्नुपर्ने उनको धारणा छ ।

'यो चुनाव नैतिकता, सुशासन र जिम्मेवार नेतृत्व रोज्ने निर्णायक क्षण हो । अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ। तपाईंहरू कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा बस्ने, छुट्याउनुपर्छ,'  उनले भने।

उनले वर्तमान राजनीतिक अवस्था, सुशासन र नैतिकताको प्रश्नलाई महाभारतको प्रसंगसँग जोड्दै सत्य र न्यायको पक्षमा उभिन नागरिकलाई आह्वान गरे ।

लामिछानेले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध आफूहरू संघर्षरत रहेको उल्लेख गरे ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077