Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै तीन लाख ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै तीन लाख ठगी, एक जना पक्राउ

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् ।

अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको थियो । 

उनलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077