Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीको दुखेसो- मैले राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन्, सहनै सक्दैनन्

ओलीको दुखेसो- मैले राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन्, सहनै सक्दैनन्

सोमवार , फाल्गुण ४, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले राम्रो काम थाल्ने बित्तिकै सरकार ढाल्ने गरेको जिकिर गरेका छन्।

झापा क्षेत्र नम्बर-५ का उम्मेदवार समेत रहेका ओलीले चुनावी घरदैलोको क्रममा सोमबार यस्तो बताएका हुन् ।

'अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन्। देशभक्तिको काम गर्नै दिँदैनन्। देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन्। यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्तिहरू लागेका छन्,' उनले भने।

विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको हेर्न नसक्ने ओलीको तर्क छ।

'मैले रेल र पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनेर काम सुरु गरेको थिए । तर सरकार ढाले । फेरि सुरु गर्छु, फेरि भत्काउँछन्,' एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपरेको ओलीको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077