Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तलब घट्ने हल्लापछि हुम्लामा निर्वाचन प्रहरी सडकमा, नाराबाजी गर्दै प्रदर्शन

तलब घट्ने हल्लापछि हुम्लामा निर्वाचन प्रहरी सडकमा, नाराबाजी गर्दै प्रदर्शन

मंगलवार , फाल्गुण ५, २०८२

हुम्ला । सेवासुविधा कम भएको भन्दै हुम्लामा निर्वाचन प्रहरीहरूले आन्दोलन सुरु गरेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

निर्वाचन प्रहरीहरूले सुरुमा भनिएकोभन्दा कम तलब दिन लागिएको जानकारी पाएपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरूका अनुसार सेवासुविधामा कटौती हुने संकेत देखिएपछि त्यसको विरोधस्वरूप प्रदर्शन गरिएको हो ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवासुविधासम्बन्धी विषय उठाएर नाराबाजी गरिरहेको जानकारी दिए ।

उनले निर्वाचन प्रहरीको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको र समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

प्रजिअ रेग्मीले नियम र कानुनअनुसार नै निर्वाचन प्रहरीले सेवासुविधा पाउने स्पष्ट पारेका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077